काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन दिन साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे हुनेछ।
विज्ञापन
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सबै खेल दिउँसो र राति गरी आयोजना हुने क्यानले जनाएको छ।
विज्ञापन
मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा कुल ३२ खेल खेलिनेछन्, जसमा लिग चरण, तीन प्लेअफ र एक फाइनल समावेश छन्। उद्घाटन खेलका लागि टिकट मूल्य साधारण ५०० र प्रिमियम १५०० तोकिएको छ। लिग चरणमा सामान्य ५०० र प्रिमियम १००० रहनेछ भने प्लेअफपछि टिकट मूल्य क्रमशः १००० र २००० हुनेछ। सिजनल टिकट १५,००० मा उपलब्ध छ।