काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट, पानीघाट, डाँडागाउँका स्थायी बासिन्दा बिल बहादुर तामाङ कार्तिक २८ गतेदेखि सम्पर्क विहिन भएका छन् ।
विज्ञापन
ज्याला मजदुरीको सिलसिलामा नगरकोट, गैर्हीगाउँ पुगेका ४९ वर्षीय तामाङ नगरकोटबाट अकस्मात सम्पर्क विहिन भएको र हालसम्म पनि उनको कुनै अत्तोपत्तो नभएको हुनाले कसैले देख्नु, भेट्नु भएमा उनको परिवार अथवा उनका भतिजो अन्जय तामाङको फोन नम्बर ९८४३५५५०५६ मा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ ।
विज्ञापन
पारिवारिक स्रोतका अनुसार बिल बहादुर तामाङ सम्पर्क विहिन भएको घटनाको जानकारी, निवेदन नगरकोट प्रहरी चौकीलाई दिइ सकेको बताइएको छ ।