विज्ञापन
No data was found

'प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर'

काठमाडौै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विज्ञापन

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको देखिएको छ।

विज्ञापन
प्रवक्ता पौडेलका अनुसार, आयोगको अनुसन्धानबाट छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६०० रुपैयाँ कुनै पनि विद्यार्थीलाई वितरण नगरिएको, दिवा खाजाका दुई लाख ४७ हजार ५० रुपैयाँमध्ये जम्मा नौ हजार ९०० रुपैयाँ बराबरको खाजा मात्र खुवाइएको र बाँकी दुई लाख ३७ हजार १५० रुपैयाँ दुरुपयोग भएको पाइएको छ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिबाना र दुरुपयोग गरिएको सम्पूर्ण रकम असुल–उपर गर्ने मागदाबी लिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌