काठमाडाैं । भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा काठमाडौं बौद्धस्थित हायात होटेल भित्र रहेको क्यासिनोमा धारिलो हतियार लिइ क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गर्ने तथा क्यासिनोभित्र रहेका संरचनाहरू तोडफोड, आगजनी समेत गरि फरार भएका व्यक्तिहरू पकाउ परेका छन् ।
विज्ञापन
उक्त घटनामा संलग्न व्यक्तीहरूको पहिचान गरी खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध बस्ने ४२ वर्षीय सेड्डी भन्ने दावा शेर्पा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका १२ बस्ने वर्षीय रने भन्ने रन्जीत खड्गीलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी कुमार भट्टराईले जानकारी दिएका छन् ।
विज्ञापन