विज्ञापन
No data was found

'चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु'

काठमाडाैं । चन्द्रागिरिका शैक्षिक संस्थाहरूले सरकारको निर्णय अटेर गर्दै शैक्षिक सत्र अगाडि नै नयाँ विद्यार्थी भर्ना गर्न थालेका छन् ।

विज्ञापन

नेपाल सरकारले २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको भएपनि चन्द्रागिरिका कतिपय संस्थागत विद्यालयहरूले समय अगाडि नै भर्ना लिन थालेको पाइएको छ ।

विज्ञापन

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र २२ गते सार्वजनिक सूचना मार्फत शैक्षिक सत्र प्रारम्भ हुनुअघि भर्ना नलिन, तोकिए भन्दा बढी शुल्क नअसुल्न सचेत गराएको थियो भने स्थानीय सरकारलाई त्यस्ता गतिविधि हुन नदिन निर्देशनात्मक आदेश समेत दिएको थियो ।

त्यस्तै, सरकारले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार मात्रै शुल्क लिन पाउने भनिए पनि त्यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ ।

सरकारको निर्देशन अनुसार मासिक पढाइ शुल्क, वार्षिक शुल्क, भर्ना शुल्क, धरौटीबापतको शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण प्रमाणपत्र शुल्क, विशेष प्रशिक्षण शुल्क, होस्टल शुल्क, भोजन शुल्क, यातायात शुल्क, शैक्षिक भ्रमण शुल्क, अन्तरविद्यालय प्रतियोगिता शुल्क तथा शैक्षिक सामग्रीका लागि शुल्क यि १४ शीर्षकमा बाहेक अन्य शुल्क लिन नपाउने उल्लेख छ ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार हाल चन्द्रागिरि नगरक्षेत्रमा मन्टेश्वरी सहित ९७ ओटा विद्यालयहरू सञ्चालनमा रहेका छन् भने माध्यमीक तहको पढाई हुने समुदायीक विद्यालय १७ ओटा संस्थागत २० ओटा तथा धार्मीक विद्यालय १ ओटा रहेको छ । यी सबै विद्यालयमा करिब ३६ हजार ५ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको देखिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द