विज्ञापन
No data was found

'पूर्वमन्त्री रमा आलेमगरको कलेजोको नसा सम्बन्धि शल्यक्रिया सफल, आईसियुबाट वार्डमा सारियो'

काठमाडाैं । पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजोको नसा सम्बन्धि शल्यक्रिया सफल भएको र हाल उनलाई वार्डमा सारिएको छ ।

विज्ञापन

विगत केहि समयदेखि पेटको समस्याले पिरोलिएकी आलेमगरको कलेजोमा समेत समस्या देखिएपछि थप उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा कलेजोको नसा सम्बन्धि सफल शल्यक्रिया सम्पन्न भएको र हाल उनलाई आईसियुबाट वार्डमा सारिएको उनका भाइ संजितले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

विज्ञापन

प्राप्त जानकारी अनुसार साम्सद रमा आलेमगरको खुम्चिएको कलेजोको नसा सक्रिय बनाउन शल्यक्रिया गरिएको र थप १५ दिन जति आवश्यक औषधि चलाएर कलेजो प्रत्यारोपण गर्ने प्रक्रिया थाल्ने बताइएको छ ।

रमा आलेमगरका भाइ संजितका अनुसार प्रारम्भिक कलेजोको नसा सम्बन्धि शल्यक्रिया पश्चात् हाल रमा आलेमगरको स्वास्थ्यमा धेरै राम्रो सुधार आएको र सम्भवत: दुई हप्तापछि कलेजो प्रत्यारोपण गर्नेगरि चिकित्सकहरूले प्रक्रिया अगाडि बढाएको बुझिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत