विज्ञापन
No data was found

'सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर'

काठमाडौँ । जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

विज्ञापन

तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध सामुदायिक वनको रकम बदनियतपूर्वक हिनामिना र दुरुपयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

विज्ञापन

आयोगको अनुसन्धानअनुसार उनीहरुले विभिन्न शीर्षकमा नक्कली बिल, काम नै नगरी खर्च देखाउने, आगलागी नियन्त्रणमा सहभागी नबनेका व्यक्तिको नाममा भुक्तानी गर्नेलगायतका क्रियाकलापमार्फत कुल रु नौ लाख ६५ हजार ८७३ हिनामिना गरेको देखिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत