विज्ञापन
No data was found

'चन्द्रागिरि हाइकर्स कम्युनिटीको आयोजनामा पौष १५ गते पदयात्रा कार्यक्रम हुँदै'

काठमाडाैं । “स्वास्थ्यको लागि हिडौं” भन्ने आव्हानका साथ चन्द्रागिरि हाइकर्स कम्युनिटीले यहि पौष १५ गते पदयात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विज्ञापन

चन्द्रागिरि हाइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्नमान गोपालीका अनुसार सो पदयात्रा कार्यक्रम थानकोट गलवनको बुद्धपार्क, लगलगे पाखा, बाड्भाज्याङ, चण्डिकादेवि मन्दिर, नागढुङ्गा हुँदै भुर्तेलथोकको डाँडा, धैरेनी डाँडा भएर इन्द्रथानको फरेस्ट क्याम्पसम्म हुने बताइएको हो ।

विज्ञापन

पदयात्रा कार्यक्रममा सहभागी हुन ईच्छुक व्यक्तिहरूले टेक्ने लठ्ठी तथा पानीको बोटलको व्यवस्था आफैले गर्नुपर्ने साथै सहभागिता शुल्क १ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । सो बापत सहभागी पदयात्रीहरूलाई चिया, कफी, बिहानको खाजा एवम् खानाको व्यवस्था गरिएको छ ।

पौष १५ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुने उक्त पदयात्रा कार्यक्रमका लागि थानकोट, खरीबोटस्थित हाइकर्स क्याफेमा उपस्थित हुन समेत आयोजकले संस्थाले अनुरोध गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌