विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बालश्रम मुक्त वडा घोषणा हुँदै'

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बालश्रम मुक्त वडा घोषणा हुने भएको छ ।

विज्ञापन

यही पुष १४ गते बिहान ७ः३० बजे प्रभातफेरीको कार्यक्रम आयोजना गरेको छ भने ८ः३० बजे बालश्रम मुक्त वडा घोषणा समारोहको आयोजना गर्ने भएको छ ।
१२ नम्बर वडा घोषणा भएसँगै चन्द्रागिरि नगरपालिकाको १५ वटै वडा बालश्रम मुक्त वडा घोषणा हुने छन् ।

विज्ञापन

२०७९ असार २ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ पहिलो बालश्रम मुक्त वडा घोषणा भएको थियो भने त्यसपछि बि.सं. २०८० असोज ४ मा वडा नम्बर ३, फागुन २७ मा वडा नम्बर ८, चैत २१ मा वडा नम्बर ६, चैत २३ मा वडा नम्बर ७, चैत ३० मा वडा नम्बर ५ बालश्रम मुक्त वडा घोषणा भएको थियो ।

त्यस्तै, २०८१ भदौ २९ गते वडा नम्बर ११, असोज ५ गते वडा नम्बर १०, माघ १० गते वडा नम्बर ९ र माघ २५ गते वडा नम्बर २, फागुन १८ गते वडा नम्बर ४ बालश्रम मुक्त वडा घोषणा भएका थिए ।

त्यस्तै २०८२ जेठ ३० वडा नम्बर १५, भदौ १३ मा १३ नम्बर वडा र भदौ १५ मा वडा नम्बर १ बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् ।

यही पुस १४ गते वडा नम्बर १२ पनि बाल श्रम मुक्त वडा घोषणा भएसँगै चन्द्रागिरि नगर बालश्रम मुक्त नगर हुनेछ ।

वडा नम्बर १२ बालश्रम मुक्त वडा घोषणा भए लगतै चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने कार्यक्रम रहेको छ । चन्द्रागिरि नगर बालश्रम मुक्त घोषणा भएसँगै काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुनेछ ।

बालबालिका सम्बन्धी ‘बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८’ ले विभिन्न ३९ सूचक पूरा गरेका अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌