काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्नाका लागि आव्हान गरिएको छ ।
“निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२” अनुसार निर्वाचन प्रहरी भर्ना गरिने भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूलाई सो प्रक्रियामा सहभागी हुन नेपाल प्रहरी प्रधान कार्यालय (मानवस्रोत विकास, भर्ना छनौट शाखा) ले आव्हान गरेको हो ।
निर्वाचन प्रहरी माग संख्या १ लाख ३३ हजार ९ सय ८० जनाको रहेको छ भने दरखास्त दिने मिति यहि पौष २५ गतेदेखि माघ १ गतेसम्म रहेको जनाइएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षक भएको हुनुपर्ने छ भने फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ ।