विज्ञापन
No data was found

'पौष २६ गते चन्द्रागिरि नगरपालिका वडा नं १० बोसी गाउँ सम्बन्धि पुराना फोटोहरूको प्रदर्शनी हुँदै'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं १० बोसी गाउँ सम्बन्धि ३ दशक भन्दा बढी समयको पुराना फोटोहरूको प्रदर्शनी गरिने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं १० को आयोजनामा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक, शिक्षाविद् तथा अनुसन्धाता डा. जो एन पाण्डेले सन् १९९२ ताका खिचेको बोसी गाउँ वरपरका पुराना फोटोहरूको प्रदर्शनी तथा अनुभव आदानप्रदान गरिने कार्यक्रममा करिब ३५ वर्ष अघिको बोसी गाउँको सामाजिक जीवन र शैक्षिक अवस्थाका बारेमा समेत अन्तर्कृया गरिन लागेको वडा नं १० का अध्यक्ष शिवकुमार महर्जनले जानकारी दिएका छन् ।

विज्ञापन

पौष २६ गते शनिबार दिउँसो १२ बजे भैरव मा.वि.मा आयोजना गरिन लागेको फोटो प्रदर्शनी कार्यक्रममा फोटो देखिएका व्यक्तिहरूले बोसी गाउँको विगत र वर्तमानको सामाजिक, शैक्षिक अवस्थामा आएको परिवर्तनबारे तुलनात्मक अनुभव समेत साझा गर्ने जनाइएको छ ।

बोसी गाउँलाई चन्द्रागिरि नगरपालिकाको पुराना मध्येको एउटा छुट्टै सामाजिक, साँस्कृतिक पहिचान र महत्व बोकेको बस्तिका रूपमा लिने गरिन्छ ।

 

तस्विर :. जो एन पाण्डे/शाेणितपुर खबर

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌