विज्ञापन
No data was found

'मेयर कप ब्याडमिन्टनको सेमिफाईनल समिकरण पुरा'

काठमाडाैं । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को शुक्रबार सेमिफाईनल समिकरण पुरा भएको छ ।
ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको क्वाटरफाईनल खेलबाट आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै सप्तरीका बिुष्णु कटुवाल, आर्मीका बिधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । बिष्णुले एपिएफका भोजबहादुर गुरुङ्गलाई २१–१७, २१–१३ ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् ।

विज्ञापन

यस्तै बिधानले पुलिसका जीवन आचार्यलाई २१–१३, २१–१३ को सोझो सेटमा पराजित गरे । प्रफुल र पुलिसका पूर्ण थापाबिच भएको खेलमा प्रफुलले २१–८, २१–७ को जित निकाल्दै क्षितिज संगको भेट पक्का गरेका हुन् । क्षितिजले आर्मीका नरेन्द्र बमलाई २१–१९, २१–७ ले पराजित गरेका हुन् ।
महिला एकल तर्फ तीन संस्करणकी विजेता रसिला महर्जनले जित हात पार्दै सेमिफाईनल प्रवेश गरिन् । रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठ माथि २१–१२, २१–११ को जित निकालेकी हुन् । अव रसिलाले फाईनल प्रवेशका लागि आर्मीकी रिहाना सेरचन संग प्रतिस्पर्धा गर्ने छिन् । सेरचनले पुलिसकी निता लम्साललाई २१–२३, २१–१३, २१–१४ ले पराजित गरेकी हुन् । अर्को प्रतिस्पर्धामा आर्मीकी अमिता गिरीले आप्mनै क्लबकी सेश्ना सिरपालीलाई वाकओभर दिईन् । यस्तै भोजपुरकी नङ्गसल तामाङ्गले फिटनेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१–८, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा सिरपाली संगको भेट पक्का गरिन् ।

विज्ञापन

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको यु १७ महिला एकल तर्फको खेलमा आर्मीकी रिहाना सेरचनले बालकुमारी रिमिक्सकी सिभ्लिका गिरीलाई २१–७, २१–८ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफकी स्वर्लिन श्रेष्ठ संगको भेट पक्का गरिन् । स्वर्लिनले बालकुमारी रिमिक्सकी बिशेष्था खड्कालाई २१–११, २१–९ ले पराजित गरेकी हुन् ।  यस्तै अर्को खेलमा सेनाकी समृद्धि श्रेष्ठले बालकुमारी रिमिक्सकी युश्ना महर्जनलाई २१–७, २१–१० ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरिन् । अव युश्नाले फाईनल प्रवेशका लागि फिटनेपाल स्पोर्टस्प्लेक्सकी निभा राई संग प्रतिस्पर्धा गर्ने छिन् । निभाले आर्मीकी अजरेन्का सेरचनलाई २१–१२, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरिन् ।

यु १७ पुरुष एकल तर्फको खेलमा आर्मीका सदीप राई, प्रतिक बिष्ट र सौर्य महर्जन तथा कस्तुरी कलेजका मिशेक लिम्बुले सेमिफाईनमा स्थान बनाए । सदीपले एपिएफका शिशिर रानालाई २१–१२, २१–१३, २१–१३, प्रतिकले मध्वालिया ब्याडमिन्टन क्लबका बिवेक अधिकारीलाई १५–२१, २१–१६, २१–१४, सौर्यले लभ ब्याडमिन्टन एकेडेमीका पप्लु पाललाई २१–१२, २१–१२ र मिशेकले आर्मीका रिजन मगरलाई २१–१४, २१–१४ ले पराजित गरेका हुन् ।

पुरुष युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी सेमिफाईनल प्रवेश ग¥यो । उक्त जोडीले आफ्नै क्लबका सुमन काफ्ले र कृष्णहरि प्रसाईको जोडीलाई २१–७, २१–१२ ले पराजित गर्दै सेमिफाईनलमा बालकुमारी रिमिक्सका शान्ता डङ्गोल र ज्ञान कुमालको जोडी संगको भेट पक्का गरे ।

डङ्गोल र कुमालको जोडीले स्वस्तिक ब्याडमिन्टनका राजेन्द्र लामा र छत्र नायकको जोडीलाई २१–९, २१–१४ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा अच्युत बस्नेत र महेश भट्टराईको जोडीले देवीनगरका कुशल कुमार के.सी. र नारायण दास श्रेष्ठको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरमा पराजित गर्दै फाईनल प्रवेशका लागि युनिटी ब्याडमिन्टन क्लबका आङ्गकुसाङ्ग शेर्पा र लाक्पा शेर्पाको जोडी संगको भेट पक्का गरे । शेर्पा जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका अमित महर्जन र चन्द्रगिरी ब्याडमिन्टन क्लबका राजकुमार पोखरेलको जोडीलाई २१–१७, १२–२१, २१–१३ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फको खेलमा आर्मीका प्रफुल महर्जन र टाईम आउटका रुकेश महर्जनको जोडीले जित हात पार्दै सेमिफाईनल प्रवेश गरे । महर्जन जोडीले आर्मीका बिवेक चौधरी र नखिपोटका नेल्सन राईको जोडीलाई २१–१९, १५–२१, २१–१५ ले पराजित गरे । अर्को खेलमा एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१४, २१–१२ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌