विज्ञापन
No data was found

'संयुक्त विद्यार्थी युनियनद्वारा २९ गते उपत्यका बन्द घोषणा'

काठमाडाैं । नेपालको शिक्षा क्षेत्रमा व्याप्त निजीकरण, व्यापारीकरणको विरोध गर्दै संयुक्त विद्यार्थी युनियनद्वारा पौष २९ गते उपत्यका बन्दको घोषणा गरेको छ ।

विज्ञापन

वर्तमान संसदीय व्यवस्था र यसैको निरन्तरताका लागि गरिने चुनावले विद्यार्थीका जल्दाबल्दा समस्याहरू हल गर्न नसक्ने, शिक्षालाई फेरि पनि व्यापारको वस्तु बनाउने, अर्बौं खर्च गरेर गरिने निर्वाचनले पात्र फेर्ने बाहेक आम जनता र विद्यार्थीको जीवनमा कुनै मौलिक परिवर्तन ल्याउन नसक्ने निष्कर्ष निकाल्दै संयुक्त विद्यार्थी संगठनले आफ्नो माउ ६ कम्युनिस्ट पार्टीहरूले गरेको निर्वाचन बहिष्कारको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै पौष २९ गते उपत्यका बन्दको आव्हान गरेका हुन् ।

विज्ञापन

विद्यार्थी संगठनहरू अखिल (क्रान्तिकारी)-अखिल (क्रान्तिकारी) वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, अखिल नेपाल विद्यार्थी युनियन, जनपक्षीय विद्यार्थी युनियन नेपाल तथा विद्यार्थी स्वयंसेवक नेपालले सम्पुर्ण शिक्षण संस्थाहरू, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय, सरकारी गैरसरकारी कार्यालयहरू बन्द गरि समर्थन, ऐक्यबद्धता र सहयोगका लागि समेत अपिल गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌