काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको छ।
विज्ञापन
बिहीबार ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको अध्यक्षतामा घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको हो।
विज्ञापन
पार्टीका प्रवक्ता देवराज चालिसेकाअनुसार प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठनको निर्णय पनि गरेको छ।
यो बैठकमा पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय पनि भएको छ।