काठमाडौँ । नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न सङ्घर्ष गर्ने सहमति भएको छ ।
विज्ञापन
बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए । हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासिक सहमति भएको दाबी गरे ।
विज्ञापन
जेन-जी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने गरी दुई पक्षले सहमति गरेका हुन् ।
ढुंगाना नेतृत्वको जेन-जी समूहसँग आन्दोलनको लागि सहकार्य गरेका चन्द नेतृत्वको माओवादी भने आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुनेगरि अघि पनि बढेको छ ।