विज्ञापन
No data was found

'प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन'

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिकालाई तीव्रता दिएको छ । आयोगले आज बिहीबार उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी पुरा गरेको छ ।

विज्ञापन

आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको योग्यतासम्बन्धी दाबी-विरोध र उजुरी लिने समय निर्धारण गरिएको थियो । प्राप्त उजुरीहरूउपर हिजो साँझ नै प्रारम्भिक छानबिन सम्पन्न भइसकेकाले आज साँझ ५ बजेदेखि ७ बजेभित्र उम्मेदवारहरूको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

विज्ञापन

आयोगको पछिल्लो तथ्यांक अनुसार यसपटक प्रतिनिधि सभाका लागि देशभरबाट कुल ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुषको संख्या ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌