काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् ।
विज्ञापन
गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को काठमाडौंको पार्टी प्यालेसमा राखिएको थियो ।
विज्ञापन
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा विशेष महाधिवेशनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैछन् ।