विज्ञापन
No data was found

'काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा ७८ हजार ४ सय ९५ मतदाता, प्रतिनिधि सभा चुनावमा तीव्र प्रतिस्पर्धा'

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा कुल ७८ हजार ४ सय ९५ मतदाता रहेका छन् । जसमा महिला ४० हजार २ सय ७८ जना र पुरुष ३८ हजार २ सय १७ जना रहेका छन् । साथै, यस निर्वाचन क्षेत्रमा ३४ मतदान स्थल र ९० मतदान केन्द्र रहेको छ ।

विज्ञापन

काठमाडौं महानगरपालिकाको वडा नं १२,१४,२१ र २२, नागार्जुन नगरपालिकाको वडा नं ६,७,८,९,१० र चन्द्रागिरि नगरपालिकाको १,१२,१३,१४ र १५ नं वडा समेटिएको काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत १८ राजनीतिक दल तथा स्वतन्त्रतर्फ ८ गरि २६ उम्मेदवारी दर्ता भएको छ ।

विज्ञापन

त्यस्तै, फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रमा गरि २ सय ५७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको छ ।

जस अनुसार काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ३० जना, क्षेत्र नं. २ मा २२ जना, क्षेत्र नं. ३ मा २४ जना, क्षेत्र नं.४ मा २८ जना, क्षेत्र नं. ५ मा २७ जना, क्षेत्र नं. ६ मा २२ जना, क्षेत्र नं. ७ मा २८ जना, क्षेत्र नं. ८ मा २२ जना, क्षेत्र नं. ९ मा २६ जना र क्षेत्र नं.१० मा पनि २६ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌