विज्ञापन
No data was found

'काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल, मध्याह्नपछि हल्का वर्षा हुने'

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल लागेको छ । विभागका अनुसार काठमाडौंमा आज घाम लाग्ने सम्भावना निकै कम छ भने मध्याह्नपछि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ । उपत्यकाका सबै स्थानमा एकनासको नभई छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

विज्ञापन

वर्षासँगै देशका उच्च पहाडी र हिमाली जिल्लाहरूमा मध्यमदेखि भारी हिमपात भइरहेको छ । विशेषगरी मनाङ, मुस्ताङ र पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा हिमपात भइरहेकाले ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । मधेश प्रदेश र पूर्वी तराईका झापा लगायतका केही जिल्लाबाहेक मुलुकका अधिकांश भूभागमा आज हल्का वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ ।

विज्ञापन

मौसमी प्रणाली निकै गतिशील रहेकाले लामो समयसम्म प्रभाव नरहने देखिएको छ । विभागका अनुसार आज साँझदेखि नै वायुमण्डलको बादल हट्ने र मौसममा क्रमिक रूपमा सुधार आउनेछ । वर्षा र हिमपातका कारण देशैभर चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा विशेष ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌