विज्ञापन
No data was found

'कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन'

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न र गराउन निर्देशन जारी गरेको छ ।

विज्ञापन

कांग्रेसले निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ ।

विज्ञापन

कांग्रेस उपसभापति एवम् संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति र १८ देखि ३० वर्ष मुनिका युवालाई सहभागी बनाउने विशेष अभियान सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌