प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार बनेका विनोद श्रेष्ठ, नेपाली राजनीतिमा चुपचाप तर, निरन्तर सक्रिय परिपक्व एक वैचारिक नेता हुन् ।
काठमाडौंको पश्चिम भेग थानकोटमा २०२१ सालमा एक सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका विनोद श्रेष्ठ भुइँतहको जीवन भोगाइबाट अघि बढेर राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनसम्म नेतृत्व गर्न सफल एक कुशल संगठक तथा प्रतिबद्ध व्यक्तित्वको रूपमा परिचित छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनको मात्र नभई, समग्र आन्दोलनको प्रवृत्ति, चरित्र तथा संवेदनशीलतालाई गहिरोगरि अध्ययन गरेका साथै,आफैपनि नेपालका मानक एवम् महत्वपूर्ण मानिएका राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएका विनोद श्रेष्ठ एक्कासि हाम्फालेर अवसरको खोजी गर्दै राजनीतिमा आएका पात्र होइनन् ।
काठमाडौंको पश्चिम भेग थानकोटमा २०२१ सालमा एक सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका विनोद श्रेष्ठ भुइँतहको जीवन भोगाइबाट अघि बढेर राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनसम्म नेतृत्व गर्न सफल एक कुशल संगठक तथा प्रतिबद्ध व्यक्तित्वको रूपमा परिचित छन् ।
पञ्चायतकालको बन्द समाजमैं प्रगतिशील चेतनाद्वारा श्रमको मूल्य र श्रमिक वर्गको पेसागत हकहितको पक्षमा संगठित हुँदै तथा संगठन निर्माण गर्दै आम मजदुर, श्रमजीवीहरूको अधिकार स्थापनाका लागि ट्रेड युनियन मार्फत निरन्तर संघर्ष गर्दै आएका मजदुर नेता समेत हुन् विनोद श्रेष्ठ ।
जीवनको ५ दशक अनवरत नेपालको राजनीति र मजदुर संगठनमा योगदान दिएका श्रेष्ठले २०७० सालको संविधान सभा सदस्यको भूमिकामा रहेर राष्ट्रिय जीवनका आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति निर्माणको तहबाट समेत योगदान दिएका थिए ।
धेरै नबोल्ने तर बोलेको जसरी पनि पूरा गर्ने श्रेष्ठको स्वभाव झट्ट हेर्दा चलनचल्तीका नेताहरूभन्दा विपरीत र बिल्कुल अलग किसिमको छ । उनको राजनीतिक जीवनलाई तटस्थ भावले विश्लेषण गर्ने हो भने पद प्राप्तिको भन्दा सेवा भावनाले कार्य गर्दै आएको देखिन्छ ।

चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीको ऐतिहासिक सांस्कृतिक पहिचान संरक्षण गर्दै, पर्यटन र स्थानीय रोजगारीको अवसर सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा लगायत काठमाडौं क्षेत्र नं १० को समग्र विकासको एजेन्डासहित प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएका श्रेष्ठ, संघ, प्रदेश र स्थानीय तहबिच नीतिगत रूपमा समन्वयकारी भूमिका खेल्न सक्ने नेता पनि हुन् ।
लामो राजनीतिक अनुभवले खारिएर पहिलो पटक आफू जन्मेको ठाउँ, आफ्नो क्षेत्रको दीर्घकालीन विकासको योजनासहित प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा सामेल हुन आएका विनोद श्रेष्ठ काठमाडौं क्षेत्र नं १० अन्तर्गत उम्मेदवारी दिएका अन्य उम्मेदवार भन्दा हरेक दृष्टिकोणबाट “हेभिवेट” उम्मेदवारका रूपमा हेरिएको छ ।