विज्ञापन
No data was found

'काठमाडौं क्षेत्र नं १० मा रास्वपाको निर्वाचन परिचालन समिति घोषणा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न'

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन परिचालन समिति घोषणा, उम्मेदवार परिचय तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञापन

कीर्तिपुरको ए-वान पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा रास्वपाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप बिष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन काठमाडौं क्षेत्र १० का सम्पूर्ण मतदातालाइ अनुरोध गरेका थिए ।

विज्ञापन

आसन्न फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५ सय ३५ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको थियो भने विभिन्न राजनीतिक दल परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत समेत गरिएको थियो ।

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा कीर्तिपुर नगरपालिकाको सबै १० ओटा वडा, दक्षिणकाली नगरपालिकाको सबै ९ ओटा वडा र चन्द्रागिरि नगरपालिकाको १५ मध्ये १० ओटा वडा गरि २९ ओटा वडाहरू पर्दछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌