यो एक भाईरस हो जस्को रोग गराउन सक्ने क्षमता अति उच्च हुन्छ !
यसको कारण लाग्ने रोग २ प्रकारका हुन्छन् ।
१. ज्वोरोसहितको मस्तिस्कको सुजन/संक्रमण (Acute Febrile Enchephalitis)
२. श्वासप्रश्वास सम्बन्धि कडा समस्या (Severe Respiratory Illness)
यो रोगको किन धेरै चर्चा गरिएको छ?
यो रोगको मृत्युदर ४०-७५% छ ।
अर्थात हरेक १० जना बिरामीमा सरदर ४ देखि ७ जनाको मृत्यु हुने गर्दछ ।
विश्व स्वास्थ संगठन (WHO) ले यसलाई महामारीको रुप लिनसक्ने क्षमताको आधारमा प्राथमिकतामा राखेको छ।
यसको सर्ने तरिकाहरू के के हुन?
यो फलफुल खाने चमेरो (Fruit Bats) मा पाईन्छ। उदाहरणको लागि नरिवलको बोटमा पाईने चमेरो ।
चमेरोको – र्याल/पिसाबबाट संक्रमित नरिवलको पानी खाएमा, एक मानिसबाट अर्को मानिसमा श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ ।
भाईरसको संक्रमणपछि लक्षण देखिन कति दिन लाग्छ ?
भाईरसको संक्रमणपछि ४-१४ दिन भित्रमा (बढीमा ४५ दिनसम्म) लक्षणहरू देखिन्छ ।
यसका लक्षणहरू के के हुन?
१. सुरुमा देखिने लक्षणहरू
उच्च ज्वोरो टाउको दुख्नु मासु दुख्नु थकान
२. मस्तिष्कको संक्रमणका लक्षणहरू
झुम्म पर्नु छारे आउनु एक्कासी कुनै भाग (हात/खुट्टा) कमजोर हुनु मानसिक सन्तुलन नहुनु झुकिने समस्या हुनु बेहोस हुनु
३. फोक्सोको संक्रमणका लक्षणहरू
खोकी, स्वाँ स्वाँ हुनु । दम बढ्नु अक्सिजनको कमि हुनु श्वासप्रश्वास सम्बन्धी अन्य समस्याहरु (ARDS)
यस्को पहिचानको लागि के जाँच गरिन्छ?
नाकको/ घाटिको स्वाब (Swab) रगत, ढाडको पानी (CSF), पिसाब मा भाईरसको PCR Test, रगतमा Antibody को जाँच साथै बिरामीको अवस्था बुझ्नको लागि अन्य जाँचहरू आवश्यकता पर्दछ ।
यस्को उपचार कसरी गर्ने?
यसको उपचारका लागि भाईरस विरुद्धको कुनै पनि औषधि उपलब्ध छैन।
Supportive Care मात्र गर्ने गरिन्छ।