काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत २०७९ सालमा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ नेपाली काङ्ग्रेस पार्टीले पहिलो स्थान हासिल गरेको थियो ।
प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार राजन केसीले १४ हजार ४ सय ६३ मत ल्याएर जितेका थिए भने नेकपा एमालेका उम्मेदवार हिमेश केसीले ११ हजार ७ सय ९१ मत ल्याएर दोस्रो भएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप बिष्टले ८ हजार ७ सय ३९ मत ल्याएर तेस्रो भएका थिए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बलराम थापाले ६ हजार ९ सय ५९ मत प्राप्त गरेर चौथो, नेकपा माओवादीका उम्मेदवार अञ्जना विशंखेले ५ हजार २ सय ६५ मत ल्याएर पाँचौ, नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले १ हजार ८ सय ८४ मत ल्याएर छैटौं, हाम्रो नेपाली पार्टीका उम्मेदवार ईन्द्र बहादुर बरालले ६ सय ६९ मत ल्याएर सातौं, विवेकशील साझा पार्टीका सनन श्रेष्ठले ३ सय ५३ मत ल्याएर आठौं, नेपाली काङ्ग्रेस वि.पीका सन्त प्रसाद श्रेष्ठले २ सय २९ ल्याएर नवौं तथा नेपाल आमा पार्टीका गंगा प्रसाद भेट्वालले १ सय ८७ मत ल्याएर दसौं स्थान हासिल गरेका थिए ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत २०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली काङ्ग्रेसले पहिलो स्थान हासिल गरेको थियो भने प्रत्यक्षतर्फ दोस्रो भएको नेकपा एमाले समानुपातिक मतमा भने तेस्रो भएको थियो । प्रत्यक्षमा तेस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा दोस्रो भएको थियो ।
त्यस्तै, समानुपातिकतर्फ नेपाली काङ्ग्रेस पार्टीको “रुख” चिन्हलाई ११ हजार ८ सय १४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीको “घण्टी” चिन्हलाई ११ हजार ५ सय ७६, एमालेको “सुर्य” चिन्हलाई १० हजार १ सय ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको “हलो” चिन्हलाई ७ हजार ३ सय ९१, नेकपा (माओवादी केन्द्र) पार्टीको चुनाव चिन्ह “हँसिया हथौडा”लाई ४ हजार २ सय ७१, नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह “मादल”लाई २ हजार ८५, नेकपा एस. पार्टीको चुनाव चिन्ह “कलम”लाई १ हजार ७ सय १६, हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह “लौरो” लाई ७ सय ९१, नेपाली काङ्ग्रेस वि.पीको चुनाव चिन्ह “करुवा”लाई ३ सय ३८, राप्रपा, नेपाल पार्टीको चुनाव चिन्ह “धनुवाण” चिन्हलाई २ सय ५०, नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह “मकल”लाई २ सय २४ तथा जनता समाजवादी पार्टीको चुनाव चिन्ह “छाता”लाई १ सय ८७ मत प्राप्त भएको थियो ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत २०७९ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली काङ्ग्रेसले पहिलो स्थान हासिल गरेको थियो भने प्रत्यक्षतर्फ दोस्रो भएको नेकपा एमाले समानुपातिक मतमा भने तेस्रो भएको थियो । प्रत्यक्षमा तेस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा दोस्रो भएको थियो ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो र नेकपा (माओवादी केन्द्र ) ले पाँचौ स्थान हासिल गरेको थियो ।
यसपटकको काठमाडौं क्षेत्र नं १० मा नेकपा एमालेले विनोद श्रेष्ठ, नेपाली काङ्ग्रेसले हिमाल कार्की, नेपाली कम्युनिस्ट पार्टीले रुपा महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदिप बिष्ट (दोहोर्याएर) राष्ट्रिय प्रजातन्त्र पार्टीले बलराम थापालाई (दोहोर्याएर) उम्मेदवार बनाएको छ ।