विज्ञापन
No data was found

'नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ९ को निर्वाचन परिचालन समिति भोलि घोषणा गरिने'

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ९ को निर्वाचन परिचालन समिति भोलि घोषणा गरिने भएको छ ।

विज्ञापन

काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनको उम्मेदवारी सम्बन्धि प्रचारप्रसार एवं कार्यक्रमिक योजना तर्जुमा गर्न र जनस्तरमा घरदैलो लगायत चुनावी गतिविधि सञ्चालन गर्न निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम गरिन लागेको हो ।

विज्ञापन

नेपाली कम्युनिस्ट पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ९ को निर्वाचन परिचालन समिति माघ १६ गते शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेरिगोल्ड भेन्युमा घोषणा गरिने आयोजकले जानकारी दिएको हो ।

काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नं १२,१४,२१ र २२, नागार्जुन नगरपालिकाको वडा नं ६,७,८,८,१० र चन्द्रागिरि नगरपालिकाको १,१२,१३,१४ र १५ नं वडा समेटिएको छ ।

क्षेत्र नं. ९ मा कुल ७८ हजार ४ सय ९५ मतदाता रहेका छन् । जसमा महिला ४० हजार २ सय ७८ जना र पुरुष ३८ हजार २ सय १७ जना रहेका छन् । साथै, यस निर्वाचन क्षेत्रमा ३४ मतदान स्थल र ९० मतदान केन्द्र रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌