विज्ञापन
No data was found

'युवा पुस्ताको चाहना, तृष्णा, वितृष्णा र आवेगले जन्माएको एउटा पात्र : को हुन् डा. राकेश न्यौपाने ?'

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. राकेश न्यौपाने, पछिल्लो राजनीतिमा युवा पुस्ताको तृष्णा, वितृष्णा, चाहना र आवेगले जन्माएको एक प्रतिनिधि पात्र हुन् ।

विज्ञापन

डा. राकेश न्यौपाने परम्परागत राजनीतिक पार्टीहरूको कार्यशैली, प्रवृत्ति र आचरण विरुद्ध नवीन राजनैतिक दृष्टिकोण र प्रस्तावनासहित नेपाली राजनीतिको अग्र भागमा राष्ट्र विकासको उज्यालो योजना बोकेर आएका युवा हस्तक्षेप हुन् ।

विज्ञापन

न्यौपाने नेपालका चर्चित चिकित्सक, सामाजिक कार्यकर्ता र सुस्तरी नेपाली राजनीतिको केन्द्रमा आइपुगेका व्यक्तित्व हुन् । बाराको निजगढमा जन्मेका उनले नेशनल मेडिकल कलेजबाट MBBS शिक्षा पूरा गरेका छन् ।

२०७२ सालको महा विनाशकारी भूकम्पको बेलामा डा. न्यौपानेले नेपालका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वयंसेवी चिकित्सकका रूपमा उल्लेखनीय योगदान पुर्याएका थिए ।

 

न्यौपाने नेपालका चर्चित चिकित्सक, सामाजिक कार्यकर्ता र सुस्तरी नेपाली राजनीतिको केन्द्रमा आइपुगेका व्यक्तित्व हुन् । बाराको निजगढमा जन्मेका उनले नेशनल मेडिकल कलेजबाट MBBS शिक्षा पूरा गरेका छन् ।

 

पेसागत प्रकृति र मानव सेवाको स्वभावका कारण देशका विभिन्न ठाउँमा पुगेर नेपालको बहुआयामिक भौगोलिक संरचना र सामाजिक अवस्थति एवम् मनोविज्ञानको गहन अध्ययन गरेका न्यौपानेले पेशागत पक्षबाट कोरियन अस्पताल, अल्का अस्पताल र रिदम न्युरो–साइकेट्रिक अस्पतालमा चिकित्सकका रूपमा सेवा दिएका थिए भने संखुवासभा, सिलिचोङस्थित ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुखको रूपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् ।

सन् २०१९ को साफ गेममा एन्टिडोपिङ कमिटी सदस्यका रूपमा समेत भूमिका निर्वाह गरेका डा. न्यौपाने नेपालको स्वास्थ्य तथा खेलकुद क्षेत्रको आमूल परिवर्तनका लागि इमान्दारितापूर्वक कृयाशिल रहेका व्यक्ति हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निजगढ, बाराबाट स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी भएका डा. राकेश न्यौपाने २०८२ को प्रतिनिधि सभा सदस्यका लागि उज्यालो नेपाल पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट उम्मेदवारी दिएका थोरै मध्येका एक प्रखर तथा गतिशील युवा प्रतिनिधि हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌