विज्ञापन
No data was found

'प्रथम ट्यालेन्ट हन्ट २०८२ को आयोजना हुँदै'

काठमाडाैं ।  प्रथम ट्यालेन्ट हन्ट २०८२ को आयोजना हुने भएको छ ।

विज्ञापन

गायन तथा नृत्य सम्बन्धि प्रतिभाको खोजी गर्ने उद्देश्यका डिभाइन क्रेसन काठमाडौंको आयोजना अन्तर्गत पहिलो सेशन सुरु हुन लागेको हो ।

विज्ञापन

यो नेपाली एकल नृत्य प्रतियोगिताको रियालिटी शो हो जसमा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । त्यस्तै १२ वर्ष मुनिको जुनियर समुह र १३ वर्षदेखि माथिको सिनियर समुहमा विभाज गरी प्रतियोगिताको आयोजना गरिएको छ ।

ग्राउण्ड अडिसन, मेगा अडिसन, सेमी फाईनल र ग्रान्ड फाईनल गरी ४ समुह विभाजन गरी कार्यक्रम आयोजना गरिन लागिएको हो ।

फाईनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूलाई विभिन्न शिर्षकमा पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट १० जनालाई छुट्टै पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको फाइनल खेल भने यहि माघ २४ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा हुन लागेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌