विज्ञापन
No data was found

'अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न'

काठमाडौं । डिभाइन क्रियसन काठमाडौंको आयोजनामा भएको अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न भएको छ ।

विज्ञापन

माघ २४ गते त्रिभुवन विश्वविद्यालयको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष कृष्ण विराजले गरेका थिए भने प्रमुख अतिथिमा प्रोफेसर डा. ध्रुवेस चन्द्र रेग्मी रहेका थिए ।

विज्ञापन

ग्राउण्ड अडिसन, मेगा अडिसन र सेमी फाइनल हुँदै फाइनलसम्म आइपुग्दा २७ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए भने सहभागीहरूलाई कुनै न कुनै शिर्षकमा सबैलाई हात खाली नहुने गरि चरनात्मक ढंगले पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आइडलको जुनियर समूहमा मण्डला इन्टरनेसनल स्कुलकी प्रेनसा तामाङ प्रथम भएकी थिइन् भने सिनियर समूहतर्फ विज्डम इंगलिस एकेडेमीक कलंकीकी दिव्यानी राउत प्रथम भएकी थिइन् ।

त्यस्तै, उक्त कार्यक्रमा लामो समयदेखि कैयौँ नृत्य प्रशिशकहरूलाई रोजगारी दिलाउने काम गर्दै आएका कृष्ण राना मगर तथा नेपालमा नृत्य विधाबाट एम फिल गर्ने पहिलो महिला श्रृजना राजबाहक द्वयलाइ सम्मान गरिएको थियो।

त्रिभुवन विश्व विद्यालय परिसर कीर्तिपुरमा सम्पन्न सो कार्यक्रममा उद्घोषक अञ्जन थापा मगरले गरेका थिए भने कमल गुरुङ र अगिंना तन्डुकारले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत