विज्ञापन
No data was found

'चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने'

काठमाडाैं । चन्द्रागिरि साहित्य समाजको आयोजना तथा चन्द्रागिरि नगर सामुदायिक विद्यालय समितिको सह-आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता कार्यक्रम हुने भएको छ ।

विज्ञापन

विगत लामो समयदेखि चन्द्रागिरि नगर क्षेत्रमा साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा कार्य गर्दै आइरहेको चन्द्रागिरि साहित्य समाजले चन्द्रागिरिमा रहेर साहित्य तथा संगीतको उन्नयनमा समर्पित अग्रज स्रष्टाहरूलाई सम्मान तथा नगरस्तरिय सामुदायिक विद्यालय केन्द्रित कविता प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

विज्ञापन

आयोजक संस्थाका अध्यक्ष भीमनारायण श्रेष्ठले दिएको जानकारी अनुसार सम्मानित हुने स्रष्टाहरूमा वरिष्ठ साहित्यकारहरू मुकुन्द आचार्य, भुवनहरि सिग्देल, लक्ष्मी माली, तेजप्रकाश श्रेष्ठ तथा संगीत प्रवीण धनबहादुर गोपाली रहेका छन् ।

त्यस्तै, कार्यक्रमको सह-आयोजक संस्था चन्द्रागिरि नगर सामुदायिक विद्यालय समितिको अध्यक्ष कविन्द्र गोपालीका अनुसार नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूका कक्षा ८,९ र १० मा अध्ययन गर्ने छात्रा तथा छात्रहरू बीच स्थलगत कविता लेखन प्रतियोगिताको समेत आयोजना गरिन लागेको हो ।

अग्रज स्रष्टा सम्मान तथा नगरस्तरिय सामुदायिक विद्यालय केन्द्रित कविता प्रतियोगिता फागुन २ गते शनिबार दिउँसो १२ बजेदेखि चन्द्रागिरि नगरपालिकाको वडा नं ३ स्थित मंगलोदय माध्यमिक विद्यालय प्राङ्गणमा आयोजना हुने चन्द्रागिरि साहित्य समाजको सचिव सुरेन्द्र देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌