विज्ञापन
No data was found

'बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का'

काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले भारी बहुमत हासिल गरेको छ । झण्डै दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यो चुनावी नतिजासँगै सत्तामा शक्तिशाली पुनरागमन गरेको हो ।

विज्ञापन

बीएनपीको यो जितसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् पार्टी अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बंगलादेशका कुल ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटमा बिहीबार मतदान भएको थियो ।  प्राप्त पछिल्लो विवरण अनुसार, गणना सकिएका सिटहरूमध्ये बीएनपीले करिब दुई तिहाइको हाराहारीमा सिट सुरक्षित गर्ने देखिएको छ ।

विज्ञापन

ढाका ट्रिब्युन र द डेली स्टारका अनुसार बीएनपी र उसको गठबन्धनले १५० भन्दा बढी सिटमा जित सुनिश्चित गरिसकेको छ भने बाँकी क्षेत्रमा पनि अग्रता कायम राखेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌