विज्ञापन
No data was found

'खुला मञ्च (टुँडिखेल) सञ्चालन व्यवस्थापनको अधिकार वडा नं.२७ लाई दिन सिफारिस'

काठमाडाैं । खुल्ला मञ्च ( टुँडिखेल) को प्रयोग तथा व्यवस्थापनको अधिकार काठमाडौं महानगरपालिकाको वडा नं. २७ लाई दिन सिफारिस गरिएको छ ।

विज्ञापन

काठमाडौं महानगरपालिकाको राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

विज्ञापन

विगतमा विभिन्न संघ, संस्था र राजनीतिक दलहरूले कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा खुल्ला मञ्चको प्रयोग हुँदै आएकोमा अबदेखि त्यस्ता कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्नेगरी खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार वडा नं. २७ लाई दिनेगरि सिफारिसको निर्णय भएको हो ।

त्यस्तै , अबदेखि खुला मञ्चमा कार्यक्रम आयोजना गर्ने आयोजकले वडा नं. २७ को धरौटी खातामा २५ हजार रुपियाँ धरौटी राख्नुपर्नेछ भने मञ्चमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म गरी २ सिफ्टमा कार्यक्रम सञ्चालन गर्न सकिने भएको छ । यसरी कार्यक्रम सञ्चालन गर्दा मञ्चको मर्मत सम्भार, विद्युत महसुलसहित प्रति सिफ्ट ५ हजार रुपियाँ शुल्क तिर्नु पर्नेछ । भने आयोजकले कार्यक्रम स्थलमा आफ्नो पहिचान झल्किने व्यानरबाहेक अन्य विज्ञापनजन्य सामग्री राख्न नपाउने लगायत विभिन्न सर्तहरू समेत तोकिएको छ ।

खुला मञ्च (टुँडिखेल) २३ हजार ४ सय१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटरमा फैलिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌