विज्ञापन
No data was found

'कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख १४ गतेबाट २७ सम्म परिक्षा हुने'

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले कक्षा १२ को आगामी वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

विज्ञापन

सार्वजनिक विवरण अनुसार शैक्षिक सत्र २०८३ अन्तर्गतको १२ कक्षाको परीक्षा वैशाख १४ गतेदेखि वैशाख २७ गतेसम्म सञ्चालन हुने भएको हो ।

विज्ञापन

१२ कक्षाको परिक्षा तालिका अनुसार साधारण, प्राविधिक तथा परम्परागत धारका नियमित र आंशिक दुवै प्रकारका परीक्षार्थी समेटिएका छन् । रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९,८०,८१ र ८२ मा भएका आंशिक विधार्थीहरूले तालिका अनुसार परीक्षामा सहभागी हुनेछन् भने परीक्षा समय बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुने परिक्षा बोर्डले जनाएको छ ।

परिक्षा कार्यतालिका अनुसार पहिलो दिन नियमिततर्फ अनिवार्य अङे्ग्रेजी विषयको परीक्षा हुनेछ । दोस्रो दिन अनिवार्य नेपाली लिइनेछ भने नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको परीक्षा पनि सोहि दिन राखिएको छ ।

साथै, तेस्रो दिन आंशिक परीक्षार्थीका लागि अनिवार्य अङग्रेजी तथा प्राविधिक धारतर्फ सामाजिक अध्ययन विषयको परिक्षा तोकिएको छ । त्यस्तै लेखा, भौतिकशास्त्र, रशायनशास्त्र,जिवविज्ञान, अर्थशास्त्र लगायत अन्य विषयहरूको परीक्षा सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीहरूलाई तोकिएको समयभन्दा कम्तिमा पनि आधा घण्टा अघि नै परीक्षा केन्द्रमा उपस्थित हुन तथा परीक्षा सुरू भएको १५ मिनेट नाघेपछि आउनेलाई प्रवेश अनुमति नदिइने स्पष्ट पारेको छ । साथै, मोबाइल फोन, स्मार्ट वाच जस्ता विद्युतिय सामाग्री परीक्षा हलभित्र लैजान रोक लगाइएको छ ।

परिक्षा बोर्डले अनुपस्थित परीक्षार्थीका लागी पुनः परीक्षा नहुने स्पष्ट गर्दै निर्धारित मिति र समयमै तयारीका साथ उपस्थित हुन सबै विद्यार्थीलाई अनुरोध गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌