काठमाडाैं । भोलि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन थानकोट त्रिभुवन पार्कमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवनको सालिकमा माल्यार्पण गरेर प्रजातन्त्र दिवस मनाउने भएको छ ।
विज्ञापन
सदा झैं यस वर्ष पनि प्रजातन्त्र दिवसमा त्रिभुवनको सालिकमा भोलि बिहान ७:३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टीले फुलगुच्चा चढाउने कार्यक्रमको आयोजना गर्न लागेको हो ।
विज्ञापन
राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त कार्यक्रम पछि दाउरा डिपोस्थित चन्द्रागिरि नगर प्रचार प्रसार सम्पर्क कार्यालयको समेत उदघाटन गर्ने राप्रपा चन्द्रागिरि नगर कमिटी अध्यक्ष रञ्जन कुमार गिरीले जानकारी दिएका छन् ।