काठमाडौँ । दुई समुदायबीच भएको झडपका कारण गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा कर्फ्यू आदेश जारी गरिएको छ ।
विज्ञापन
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएको छ ।
विज्ञापन
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको छ ।
मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।
