सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।
विज्ञापन
सुनसरी क्षेत्र नम्बर -४ भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो ।
विज्ञापन
कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमै रास्वपाका केही युवासँग भेट भएपछि विवाद सुरु भएको थियो।
निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिन र भीड तितरबितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।