काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् ।
विज्ञापन
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
विज्ञापन
थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।
यसैविचराष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटकी केन्द्रीय महाधिवेशन प्रतिनिधि कमला रावल पान्डेले राजीनामा दिएकी छन्।
उनले रास्वपाबाट देशको निकास हुने नदेखिएको भन्दै राजीनामा दिएकी हुन् ।