विज्ञापन
No data was found

'काठमाडौं निर्वाचन क्षेत्र नं १० मा ठुला दलको जमानत जफत हुने प्रवल सम्भावना'

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत ठुला दलको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको जमानत जफत हुने सम्भावना देखिएको छ ।

विज्ञापन

प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाममा देखिएको मत अन्तरको अवस्थालाई हेर्दा ठुला भनिएका दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायत पार्टीका उम्मेदवारहरूको जमानत समेत जफत हुने स्थिति देखिएको हो ।

विज्ञापन

कानुनी प्रावधान अनुसार निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत ८३ हजार ३ सय १ मत रहेकोमा ६० हजार १ सय ५१ मत खसेको छ । जस अनुसार जमानत जोगाउन कम्तीमा ठुला दलका उम्मेदवारहरूले ६ हजार मत प्राप्त गर्नुपर्ने देखिन्छ ।

काठमाडौं १० नम्बर क्षेत्रको पछिल्लो मतगणनाको परिणामलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एकोहोरो मत बटुलिरहेको छ भने अन्य पार्टीको मत अत्यन्त कमजोर देखिएको अवस्था रहेकोेले ठुला भनिएका दलका उम्मेदवारहरूले आफ्नो जमानत समेत जोगाउन मुस्किल पर्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌