काठमाडौं । भाषा आयोगका सदस्य तथा साहित्यकार, समिक्षक सुरेश किरण मानन्धरलाई हृदयघातका कारण अस्पताल भर्ना गरिएको छ ।
विज्ञापन
काठमाडौंको नेपा: ब्यान्क्वेटमा भएको एक कार्यक्रमका क्रममा सोमबार अकस्मात मानन्धरलाई हृदयघात भएपछि तत्काल त्रिवि शिक्षण अस्पताल, कार्डियाक सेन्टर, महाराजगन्जमा उपचारका लागि लगिएको हो ।
विज्ञापन
नेपालभाषा पत्रकारिताको क्षेत्रमा लामो समयदेखि सकृय मानन्धर, सन्ध्या टाइम्स, नेपालभाषा टाइम्सको सम्पादक हुनुका साथै विश्वभूमी, अप्सरा फिल्म म्यागेजिन लगायत विभिन्न साहित्यिक, भाषिक पत्रपत्रिका तथा अभियानमा आबद्ध रहँदै आएका छन् ।
विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कारहरूबाट सम्मानित मानन्धरको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार हाल उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।