काठमाडाैं । ग्यास विक्रेता महासंघ नेपालले संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई कारबाही गर्न माग गरेकाे हाे ।
विज्ञापन
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।
विज्ञापन
