काठममाडाैं । प्रसिद्ध नेपाल भाषा कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” नामक संगीत कार्यक्रम आयोजना गरिने भएको छ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्न लागेको सो कार्यक्रम शुक्रबार, चैत १३ गते सनराइज क्याफे एण्ड ब्यांक्वेटमा साँझ ६:३० बजेबाट सुरु हुनेछ।
कार्यक्रममा वरिष्ठ र लोकप्रिय कलाकारहरू जुजुकाजी रञ्जित, निशा देशार, रत्नशोभा महर्जन, दीपा महर्जन, सतीश महर्जन, युनिशा देशार, सरिता महर्जन, आश्रया रञ्जित, राज गोपाली, सुभाष मण्डल, गौतम मानन्धर, लसता जोशी, र मनोज महर्जनको प्रस्तुति रहनेछ ।
कार्यक्रमको व्यवस्थापन अन्तर्राष्ट्रिय मोडल र फेशन कोच राज फैजूले सम्हाल्नेछन् भने समन्वय कर्ताको रूपमा सुरज श्रेष्ठ, आशिष थापा, राजु नकर्मी, र प्रेमहाँ संसार महर्जनको सहभागिता रहनेछ ।
“गाला नाइट” कार्यक्रमको उद्देश्य स्वतन्त्र संसार महर्जनको योगदानलाई सम्मान र सम्झना गर्नु रहेको आयोजकले जनाएको छ ।