विज्ञापन
No data was found

'ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गर्ने मानिस पक्राउ'

काठमाडाैं । ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

बाँदरलाई तड्‌पाउँदै अमानविय तरिकाले कुकुरले टोकाएर मारेको भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन

विभिन्न निकाय तथा संघ, संस्थाहरूले सो घटनाप्रति चासो र विरोध जनाएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त घटना प्रतिनिधि सभाको निर्वाचन भन्दा अगाडी खेतको बालीनाली छेक्न बनाईएको पासोमा परेका बाँदरहरूलाई आक्रमण गरेको भिडियो सामाजिक संजालमा पोष्ट गर्ने पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका वडा नं २ सिंहपुरका स्थायी बासिन्दा हाल ताप्लेजुङ जिल्ला, पाथिभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बु बस्ने २१ वर्षीय संगम भन्ने छुप्पु हेम्वयालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌