विज्ञापन
No data was found

'इनिसा बिकको बलात्कारपछि हत्याको विरुद्ध दुई संगठनद्वारा विरोध प्रदर्शन गर्दै'

काठमाडाैं । गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा बिकको बलात्कार पछि हत्या गरिएको घटना विरुद्ध जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले फागुन २८ गते विरोध प्रदर्शन गर्न लागेको छ ।

विज्ञापन

फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी इनिशालाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

विज्ञापन

इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो भने प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ ।

इनिशा बलात्कार-हत्याको घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक रहेको बहानामा उन्मुक्ति दिने कसरत भइरहेको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।

इनिशा बिक वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढिरहेकी थिइन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌