विज्ञापन
No data was found

'वातावरण संरक्षण चेतनाका लागि विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा'

काठमाडाैं । हङकङमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले वातावरणीय चेतना अभिवृद्धि गर्ने अभिप्रायका साथ विश्वव्यापी इको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

विज्ञापन

इको कविता प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको जनाएको छ ।

विज्ञापन

पर्यावरण संरक्षणको क्षेत्रमा साहित्यमार्फत चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन चाहने रचनाकारले मौलिक तथा नेपाली भाषामा लेखिएको पर्यावरण–केन्द्रित कविता पठाउनुपर्नेछ। कविता बढीमा ३ सय ५० शब्दको हुनुपर्ने साथै रचना नेपाली युनिकोड वा प्रीति फन्टमा टाइप गरी एमएस वर्ड वा पीडीएफ फाइलमार्फत पठाउन सकिनेछ भने फोटो खिचेर पठाइएका वा अन्य फन्टमा लेखिएका रचना अमान्य ठहरिने बताइएको छ ।

रचनासँग रचनाकारको पूरा नाम, सम्पर्क नम्बर (ह्वाट्सएप सहित), इमेल ठेगाना, स्थायी ठेगाना, हालसालै खिचिएको स्पष्ट फोटो तथा संस्थाले रचना प्रयोग गर्न सक्ने सहमति अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। रचना प्रतियोगिताको आधिकारिक इमेल ecopoemhk@gmail.com
वा ह्वाट्सएप नम्बरमार्फत मात्र पठाउन सकिनेछ।

प्रतियोगितामा प्राप्त रचनामध्ये उत्कृष्ट २३ कविताहरूको ई–पुस्तिका प्रकाशित गरिनेछ। पुरस्कारतर्फ प्रथम हुने एक जनालाई नेरु ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार तथा १० जनालाई जनही २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

रचना बुझाउने अन्तिम म्याद २८ मार्च २०२६ तोकिएको छ। प्रतियोगिताको नतिजा विश्व पृथ्वी दिवसका अवसरमा २२ अप्रिल २०२६ साँझ ६ बजे संघको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌