विज्ञापन
No data was found

'भाइको कुटाइले दाइको मृत्यु'

काठमाडाैं : नुवाकोटको काहुलेमा भाइको कुटाइबाट दाइको मृत्यु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले गुन्साका ५२ वर्षीय कामी तामाङको आफ्नै भाइको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विज्ञापन

आफ्नै भाई ५१ वर्षीय सेलबहादुर तमाङले फागुन २३ गते बेलुकी खाना खाने समयमा दाजुलाई लठ्ठीले टाउकोमा हानेर गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए ।

विज्ञापन

भाइको आक्रमणबाट गम्भीर घाईते भएका तामाङको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केसीले जानकारी दिए । कुटपिटमा संलग्न भाई सेलवहादुरलाई पक्राउ गरि हिरासतमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌