विज्ञापन
No data was found

'आधुनिक ल्याबसहित गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै सान कलेज'

काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रमा उच्च शिक्षाको स्तर उकास्ने लक्ष्यसहित सञ्चालनमा आएको सान इन्टरनेशनल कलेज विद्यार्थी तथा अभिभावकहरूको रोजाइको कलेजका रूपमा स्थापित हुँदै गएको छ।

विज्ञापन

आधुनिक शैक्षिक वातावरण, अनुभवी शिक्षक–शिक्षिका र प्रविधिमैत्री प्रयोगशालासहित कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने
कलेजले प्लस टु तहदेखि स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयमा अध्ययन–अध्यापनको व्यवस्था गरेको छ।

विज्ञापन

सान कलेजमा प्लस टु तहमा राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत:
•विज्ञान (Science)
•व्यवस्थापन (Management)
•कानुन (Law)

स्नातक तहमा:
•बी.एस्सी. बायोटेक्नोलोजी (B.Sc. Biotechnology)
•बीबीए (BBA)
•बीआईटी (BIT)
•बी.एस्सी. सिएसआईटी (B.Sc. CSIT)
•बीएएलएलबी (BALLB)
•बीसीए (BCA)

स्नातकोत्तर तहमा:
•एमबीए (Master of Business Administration) विषयमा अध्यापन हुँदै आएको छ ।

कलेजका अनुसार यहाँ सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरू विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर तयार गरिएको हो। सूचना प्रविधि, व्यवस्थापन तथा विज्ञानजस्ता क्षेत्र आजको प्रतिस्पर्धात्मक संसारमा अत्यन्त महत्वपूर्ण मानिन्छन्।

त्यसैले, विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कलेजले अत्याधुनिक प्रयोगशालाको व्यवस्था गरेको जनाएको छ। कलेज प्रशासनका अनुसार यहाँ स्थापना गरिएको ल्याब नेपालकै अग्रणी तथा आधुनिक प्रयोगशालामध्ये एक मानिन्छ, जसले विद्यार्थीहरूको प्रयोगात्मक अध्ययनलाई अझ प्रभावकारी बनाएको छ।
सान इन्टरनेशनल कलेजले शैक्षिक गुणस्तरसँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको छ। विशेषगरी चन्द्रागिरि नगरपालिकाका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले विशेष छुट तथा सहुलियतको व्यवस्था गरेको छ।

स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ।

अतिरिक्त क्रियाकलाप, शैक्षिक तालिम, सेमिनार तथा विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास गर्न आधुनिक प्रविधि, गुणस्तरीय अध्यापन, अनुभवी शिक्षक तथा संस्कारयुक्त वातावरणका कारण सान इन्टरनेशनल कलेज चन्द्रागिरि क्षेत्र मात्र नभई काठमाडौं उपत्यकाभरि नै उच्च शिक्षाको एक विश्वसनीय गन्तव्य बन्ने दिशामा अघि बढिरहेको देखिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌