काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन्।
विज्ञापन
कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले उनलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
विज्ञापन
यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।