काठमाडौं । आगामी वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ।
विज्ञापन
त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिए।
विज्ञापन