काठमाडौं । विगत केही समयदेखि बदलिँदै आएको काठमाडौंको मौसम आज पनि सफा नहुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ ।
विज्ञापन
आज बिहान चिसो पनि बढेको छ । आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो । जबकि हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस थियो ।
विज्ञापन