विज्ञापन
No data was found

'“अन्तर्राष्ट्रिय साहसी महिला” अवार्ड प्राप्त चन्द्रागिरिकी भूमिका श्रेष्ठ बनिन् प्रतिनिधि सभा साम्सद :'

काठमाडाैं । सन् २०२२ मा अमेरिकाको विदेश मन्त्रालयद्वारा “अन्तर्राष्ट्रिय साहसी महिला” अवार्डबाट सम्मानित चन्द्रागिरिकी भूमिका श्रेष्ठ प्रतिनिधी सभा सदस्यमा रास्वपाबाट साम्सद बनेकी छिन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं १४ स्थायी घर भएकी श्रेष्ठ नेपालमै पहिलोपटक ट्रान्सजेन्डर महिलाका रूपमा प्रतिनिधि सभा सदस्य बन्न सफल व्यक्ति हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाती कोटाबाट सांसद बनेकी हुन ।

विज्ञापन

२०७६ मा बेलायती एपोलिटिकल संस्थाले घोषणा गरेको विश्वका एकसय प्रतिभाशाली व्यक्तीको रूपमा समेत छनौटमा परेकी श्रेष्ठले नेपाली काङ्ग्रेस पार्टीबाट राजनीति सुरु गरेकी थिइन् ।

२०४४ साल पौष २७ गते नैकापमा जन्मिएका उनको सुरुवाती नाम कैलाश श्रेष्ठ हो । झण्डै ११ वर्षको हुँदा अरुभन्दा फरक भएकोे महशुस भए पछि सुरुमा उनलाई पहिचान स्वकार्न समेत गाह्रो भयो । कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठमा कायाकल्प हुँदै लैंगिक पहिचानलाई स्थापित गर्न उनले विभिन्न क्षेत्रमा कठोर संघर्ष र मेहनत गर्दै यो स्थान हासिल गरिकी हुन् ।

निरन्तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा दृढतापूर्वक उभिएर उनीहरूको अधिकार प्राप्तिको संघर्षमा योगदान दिएकी भूमिका श्रेष्ठ प्रतिनिधि सभा सदस्य बनेपछि तेस्रो लिङ्गीको अधिकार स्थापना तथा समग्र लैङ्गिक समस्याको नीतिगत समाधानका लागि पहल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌