विज्ञापन
No data was found

'अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा, चैत २५ देखि नयाँ दर्ता अनलाइनबाटै'

काठमाडौँ  । स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरू गरेको छ । अब नागरिकले छुट्टै स्वास्थ्य बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बिमाको सुविधा दिने तयारी थालिएको हो ।

विज्ञापन

राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी स्वास्थ्य बिमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

विज्ञापन

यस सम्झौतासँगै बोर्डले आगामी चैत २५ गते पर्ने ‘स्वास्थ्य बिमा दिवस’ को अवसर पारेर स्वास्थ्य बिमाको नयाँ दर्ता प्रक्रिया समेत अनलाइनमार्फत नै सुरु गर्ने गृहकार्य गरिरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌